साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल र नेदरल्यान्ड्सको खेल समीक्षा (भिडियो)

आईसीसी टी–२० विश्वकप, २०२४ को पहिलो खेलमा नेपाल पराजित भयो । बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससँगको खेल जित्न सकेको भए प्रतियोगितामा नेपालको सुखद् सुरुआत मात्रै नभई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना समेत बलियो हुने थियो । तर, नेदरल्यान्ड्सको आत्मविश्वास र अनुभवले नेपाललाई खेल अवधिभर दबाबमा राख्यो र प्रतियोगितामा नेपाललाई हराएर आफ्नो वर्चश्व साबित गर्‍यो ।

पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर पनि खेल्न सकेन र १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८ दशमलब चार ओभरमा चार विकेट गुमाएर महत्वपूर्ण जित हात पार्‍यो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : ०१ बजे