आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 विश्वासको मत विफल हुनेभएपछि मधेसका  मुख्यमन्त्री अचानक ‘बिरामी’ 

काठमाडौं। बुधवार बिहान सम्म स्वास्थ्य रहनु भएका मधेसका मुख्यमन्त्री सरोजकुमार यादव दिउँसो एका एक ‘बिरामी’ पर्नुभएको छ । उहाँले बिरामी अवस्थामै सभामुखलाई भेटेर  आज तय भएको विश्वासको मतको प्रसताव  निर्णयका लागि सार्न माग गर्नुभएको छ। स्रोतका अनुसार विश्वासको मतको पक्षमा कांग्रेस बाहेक अरु दलको समर्थन  नहुने भएपछि उहाँ अचानक बिरामी पर्नुभएको स्रोतले बतायो । 

। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले  सरकार टिकाउन अन्तिम कसरत गर्नुभएको छ। उहाँले प्रदेशसभा सचिवालयमा  बुधवारका लागि तय भएको विश्वासको मत  लिने प्रस्तावमा निर्णय गर्न मिति सार्नका लागि सभामुख  समक्ष पत्र लेख्नु भएको छ। उहाँले बाँकी दिनमा सरकार टिकाउने उपाय खोज्नका लागि यस्तो प्रस्ताव गरेको बुझिएको छ। 

मुख्यमन्त्री यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुखसँग आग्रह गर्नुभएको छ।  । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । 

आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गर्नुभएको  हो  ।  मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

प्रदेशका सभामुख मण्डलका अनुसार मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाऊ गर्दै पत्र पठाउनु भएको छ।  । ‘ 

मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुख मण्डलले बताउनुभयो  । उहाँका अनुसार परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाइनेछ ।

यता बुधवार बिहान एमाले, माओवादी, जनमत , र एसको संयुक्त बैठकले कुनै पनि हालतमा आजको कार्यसूची सार्न नहुनेमा जोड दिएका छन् ।   बैठकले कार्य  व्यवस्था परामर्श समितिको बैठकको  निर्णय बिना विश्वासको मत लिने कार्यसूची नराख्ने अडान लिएका छन् । सो अडानमा रिजावान अन्सारीको सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएका छन् । 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १ : ३५ बजे