आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहरकारी पीडितले देखाए कालोझण्डा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा कालोझण्डा देखाइएको छ ।

सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाएका हुन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जानु भएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

 कालो झण्डा र ब्यानर देखाएका केहीलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी हस्तक्षेपका क्रममा २ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गरेका थिए । प्रहरीले ११ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १ : ०१ बजे