साफ यू–१७ च्याम्पियनसिप आजदेखि

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ । आज समूह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुँदै छ ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुने छ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुबैबिच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समूह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।
 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ११ : ५६ बजे