आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज रुपन्देही आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ । भैरहवामा आजदेखि सुरु हुने एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उहाँ रुपन्देही आउन लाग्नुभएको हो । यसअघि १६ र १७ गते गर्न लागिएको अधिवेशन अध्यक्ष ओलीको समय नमिलेका कारण सारिएको थियो ।

अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले बताउनुभयो ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले  पार्टीलाई नेतृत्व सर्वसम्मत बनाउने प्रयास हुने बताउनुभयो ।  रुपन्देही अध्यक्षमा हालका  अध्यक्ष  तेजेन्द्र केसी, सचिव  यज्ञ पोखरेल, उपसचिव चित्रबहादुर केसी, हितराज पन्थीले दाबी गर्नुभएको छ । नेतृत्व सर्वसम्मत बनाउन  पहल  हुने नेताहरूको भनाइ छ ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट ८५३ जना प्रतिनिधि छानिएका छन् । अधिवेशनले १४५ सदस्यीय कमिटी चयन गर्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : १३ बजे