साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विस्फोटक पदार्थसहित दुई जना पक्राउ

सङ्खुवासभा । सङ्खुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय विकास कुमाल रहेका छन् । अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ४ : ३८ बजे