काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको हो।
उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ।
लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आरोपितहरूले ठूलो रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोप- पत्रमा उल्लेख छ।
प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ४ : ३५ बजे
प्रतिक्रिया