दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतको बैग्लोरमा ग्याँस विष्फोट, बझाङका एकै परिवारका पाँचको मृत्यु 

काठमाडौँ, । भारतको वेग्लोरमा गए राती  खाना पकाउने ग्याँस पडकिएर पाँच जना नेपालीको ज्यान गएको छ । 

एमाले  केन्द्रीय सदस्य  ऐन महरकाअनुसार मृत्यु हुनेमा बझाङ जयपृथ्वीनगरपालिका वडा नं. ११ का सुइल घर भएका मदन बोहरा, उहाँकी श्रीमति प्रेमजला धामी बोहरा, छोरीहरु अनिता बोहरा, निता बोहरा र छोरा प्रशान्त बोहरा रहेका छन् । 

मृतकहरू रोजगारीको सिलसिलामा वैग्लोर पुगेका बोहरा परिवार सहित छ वर्षदेखि उतै बस्दै आउनु भएको थियो । खाना पकाउने ग्याँस लिकेज भई पकडिएको र स्थानीय भिक्टोरिया अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । 

बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो । यस अघि उहाँका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यु भएको थियो ।

मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । उनी बैंग्लोरको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ३९ बजे