दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभामा सरकारले  दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गर्नुभयो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेस गर्नुभयो ।

प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले विधेयक ल्याउनुको कारण र औचित्यबारे जानकारी दिनुभयो । उक्त विधेयक पारित भएपछि संवैधानिक निकायमा भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १ : १३ बजे