दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले मकवानपुर अधिवेशन : मतगणना सुरु

हेटौंडा । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला नेतृत्वको लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

मतगणना हेटौंडा-४ स्थित पशुपति मन्दिरको सभाहलमा सुरु भएको हो । सुरुमा पदाधिकारीको मतगणना थालिएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि आइतबार ७ सय ६५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, लालबहादुर थापा र देवराज रिमाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : ३६ बजे