साफ यू–१७ च्याम्पियनसिप आजदेखि

टी–२० विश्वकपःओमानले नामिबियालाई दियो ११० रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० क्रिकेट अन्तर्गतको जारी खेलमा ओमानले नामिबियालाई ११० रनको मध्यम लक्ष्य दिएको छ । किङ्सटन ओभल बार्बाडोसमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको ओमानले पहिलो बलमै कस्यप प्रजापतिलाई गुमाएको थियो । दोस्रो बलमा अकिव इलियासलाई गुमाउन पुग्यो । १० रन बनाउँदा ३ विकेट गुमाएको ओमान दबाबमा आयो । ३७ रन बनाउँदा ४ विकेट गुमाएको ओमानका लागि खालिद कैल र जिसद मक्सुदले पालीलाई केही उकासेका थिए ।

कैलले ३४ रन र मक्सुदले २२ रन जोडे । आयन खानले १५ र सकिल अहमदले ११ रन बनाए । ती बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नामिबियाका रुवेन ट्रम्पेलम्यानले चार विकेट लिए । डेभिड वाइजको नाममा तीन विकेट रह्यो। जेराड इरामुसले २ विकेट लिँदा बेनार्ड स्कल्टको नाममा एक विकेट रह्यो । प्रतियोगिता अन्तरगत आजै श्रीलंका र दक्षिण अफ्रिका भिड्ने छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : २३ बजे