दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ । बजेटमाथि हिजो भएको छलफलमा सत्तारुढ दलकै सांसदहरुले आलोचना गरेका थिए । उनीहरुले सरकारले आफूहरुका सुझावसमेत नसमेटेर बजट ल्याएको बताए ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । संसद्मा अहिले बजेटमाथि नै छलफल हुँदै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ७ : १० बजे