दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ

काठमाडौँ — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।शपथसँगै पोखरेलले चारजनालाई मन्त्री बनाएका छन् । 

मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ५० बजे