दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कांग्रेसको १४ औँ महाधिवेशन भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै यसअघि भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ३१ बजे