दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्ण छ : गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भए गरेका काम कारवाहीबारे जानकारी लिनुभएको छ । उक्त निरीक्षण पश्चात आयोजित समारोहमा गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पु¥याएको योगदान र राष्ट्र तथा नागरिकको सेवा–सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमता महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । मन्त्री अधिकारीले भन्नुभयो, “कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल छ, भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच सशस्त्र प्रहरीले गरेको कार्यको सम्मान प्रकट गर्न चाहन्छु ।”

गृहमन्त्री अधिकारीले मन्त्रालय आवश्यक साधनश्रोत, जनशक्ति र वृृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोवलकासाथ क्रियाशिल हुन ससस्त्रका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले समायानुकुल राशन व्यवस्थापन, वृत्ति विकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने आश्वासन दिनुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहमन्त्रीबाट भएको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोवल तथा हौसलामा वृद्धि भएको विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीको १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाईका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशील र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोलाबाट सुदूर पश्चिमको छाङ्गरु तथा सुस्ताबाट कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र बिओपी स्थापना गरी सेवा, सुरक्षा र उद्वार कार्यमा खटिँदै आएको जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ११ बजे