पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गर्नुभएको थियो । कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गर्नुभएपनि प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता दिनुभएन ।
प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ५ : ५२ बजे
प्रतिक्रिया