दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बजेटभित्र केही अनुपयुक्त विषय देखिए प्रश्न उठाउनु पर्छ : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी बजेट आउँदा  केही कमजोरीहरु देखिएको भए पनि आफुहरु सत्तारुढ दल भएका कारण बजेट जसरी पनि पास गर्ने पक्षमा उभिनु पर्ने बताउनुभएको छ ।  

शनिबार संंसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बजेटबारेमा पर्याप्त परामर्श नहुँदा धेरै कुरा छुटेका बताउनुभयो । ‘यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले बजेट भित्र देखिएका कमजोरी बारे बोल्नै हुँदैन भन्न नरहेको भन्दै बजेटमा देखिएका कमीकमजोरीका विषयमा खुलेरै बहश हुनु पर्ने बताउनुभयो ।  

उहाँ भन्नुभयो,  ‘बजेटमा रहेको कुनैपनि कमजोरी औल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ। के हुनुपर्थ्यो के अझै घट्योरु यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ।’

अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई आफ्ना क्षेत्रहरुको बजेट कटौती भएको भए कुरा गर्न आग्रह गर्नुभयो, ‘आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितीमा आयोजनाको लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो ? नयाँ ठूलो राष्ट्रिय आयोजना अघि बढाउँदैछ कि त्यो हेर्नुपर्छ नत्र एउटालाई अनुकुल अर्कालाई प्रतिकुल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुपर्छ।’

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ४ : १२ बजे