दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जिल्ला अधिवेशनमा व्यस्त एमाले, ५८ जिल्लामा सकियो अधिवेशन, कुन जिल्लामा कस्को नेतृत्व ?

काठमाडौँ । सत्तासीन सबैभन्दा ठुलो दल नेकपा एमालेलाई यत्तिखेर जिल्ला अधिवेशन गर्न भ्याई नभ्याई छ । 

गत फागुनदेखि सुरु भएको जिल्ला अधिवेशन अझै जारी छ । अहिलेसम्म एमालेले ५८ जिल्लामा अधिवेशन सकिसकेको छ भने कतिपय जिल्लाहरूमा भने अझै अधिवेशनको मिति तोक्न सकिरहेको छैन । 

अहिले जिल्ला अधिवेशनको अन्तिम चरणमा छ । शीर्ष नेताहरू जिल्ला अधिवेशनको उद्घाटन गर्न देश दौडाहामा हुनुहुन्छ  । जिल्ला अधिवेशनमा प्रायजसो पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललाई यत्तिखेर भ्याई न भ्याई छ । अन्य नेता भने आफू इन्चार्ज भएको जिल्ला र आफ्नो जिल्लामा जाने गरिरहनुभएको छ । 

पार्टीले यही जेठ मसान्तभित्र जिल्ला अधिवेशन गर्न निर्देशन दिएसँगै जिल्ला कमिटीहरू जिल्ला अधिवेशन गरिरहेका छन् । अहिलेसम्म भएका धेरै जसो जिल्ला अधिवेशन प्रतिस्पर्धाका आधारमा भएका छन् । 

एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार अहिलेसम्म भएका जिल्ला अधिवेशन प्रतिस्पर्धाका आधारमा भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ५८ जिल्लाका अधिवेशन सकिएका छन् । १९ जिल्लाका जिल्ला अधिवेशन हुन बाँकी रहेका छन् । 

उहाँका अनुसार बाँकी रहेका जिल्लाहरूमा कोसी प्रदेशको इलाम, मोरङ  तेह्रथुम, मधेस प्रदेशको सिराहा, सप्तरी र धनुषा, बागमती प्रदेशको काठमाडौँ, काभ्रे मकवानपुर र नुवाकोट, गण्डकी प्रदेशको मनाङ लगायतका जिल्लाको अधिवेशन हुन बाँकी छ । यस्तै लुम्बिनी प्रदेशको रुपन्देही, प्युठान, अर्घाखाँची र गुल्मी, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटीको अधिवेशन पनि बाँकी नै छ  ।  

बाँकी रहेका जिल्लामा केही मिति घोषणा गरिएका छन् भने केहीको स्थगित भएको छ । बझाङ, डोटी र तेह्रथुम मिति घोषणा भएर स्थगित भएका छन् । ती तीन जिल्लाको फेरि निर्णय गरेर नयाँ मिति घोषणा गरिने केन्द्रीय सदस्य समेत रहनु भएका ढुङ्गेलले जानकारी दिनुभयो । 

यस्तै मनाङ, अछाम र इलामको अधिवेशन मिति नै तोकिएको छैन । ती मध्ये १२ वटा जिल्लाका जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन छन् । 

उहाँका अनुसार दाङ, झापा, म्याग्दी, पर्सा, बर्दिया, मुगु लगायतका जिल्ला सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : २६ बजे