थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप  ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा  ८ हजार ५०६ नमूनाको पीसीआर र ५९ सय ८८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुल  ३ हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ६  हजार २९५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ७१ हजार ३०१  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ६१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार ३६६ जना रहेका छन् ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : ०९ बजे