दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रचण्ड, ओली र माधवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

तीनजना शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो । माधव नेपाल बूढानीलकण्ठ पुगेर विपक्षी दलको बैठकमा सहभागी भएपछि तीनजना शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

उहाँहरूबीच समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

माधव विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएको छ भने माधवले पनि गठबन्धनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : ५७ बजे