साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ठमेलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा नौं विदेशीसहित १५ महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ महिलालाई पक्राउ गरेको छ । प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा नौं विदेशी र ६ जना नेपाली युवतीहरु छन् । उनीहरुले ठमेलको सडकमा रातको समयमा विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिकस्थलहरुमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाई छ ।

उनीहरुविरुद्ध पाँच दिन म्याद लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ । पक्राउ पर्ने विदेशीमा आठ युगाण्डा र एक जना केन्याको युवती छन् । नेपालीहरु पनि विभिन्न जिल्लाका छन् ।
यी हुन् पक्राउ पर्ने

यी हुन् पक्राउ पर्ने

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : ५५ बजे