दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधवको तर्क : पढाउन राजा नै ल्याउनुपर्ने भयो कि के हो !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई थुनामा राख्दा पढ्ने बानी विकास भएको बताउनुभएको छ ।

आफू थुनामा बस्दा किताबकिताबै पढ्ने गरेको भन्दै उहाँले आजकाल भने थुनामा बस्नु नपरेको र पढ्ने समय नै नपाउने गरेको उहाँको तर्क छ  । ‘अहिले थुन्दैथुन्दैनन् । थुनाउन राजै ल्याउनुपर्ने भयो कि के हो !’, उहाँले भन्नुभयो  ।

उहाँले एसएलसीपछि आईकम पढ्न जानुअघि पनि किताबहरू पढेको बताउनुभयो । ‘अरु बेला त एउटा दुइटा, फाटफुट’, उहाँले भन्नुभयो । काठमाडौंबाट एकान्त ठाउँमा गयो भने  ट्एटयितबेला एउटा दुइटा किताब सिध्याउने गरेको बताउँदै उहाँले अहिले काठमाडौंले छुट्टी नै नदिने बताउनुभयो ।

नेपालले भन्नुभयो, ‘गइहाल्यो भने कार्यकर्ताले घेरिहाल्छन् । राति ११ बजेपछि के पढ्नु  बिहान उज्यालो हुन पाएको छैन, फेरि ढोका ढक्ढक्याउन आइहाल्छन् । हैरान भइसकियो ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १२ : ३४ बजे