दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने हुनु भएको छ ।

जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उहाँ त्यसतर्फ जाने हुनु भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नुहुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : १५ बजे