साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामक : पुटिन

वाशिङ्टन – रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गर्नुभएको छ ।

उहाँले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भन्नुभयो, “यो केवल भ्रामक सूचना हो । मलाई यो कुरा जानकारी छैन । यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला । यो अर्थहीन प्रचार मात्र हो ।” 

वाशिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भन्नुभयो, “हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ ।” 

रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा    पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । 

रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला बर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुग्नुभएको छ ।   पछिल्ला वर्षहरुमा वाशिङ्गटन र मस्कोबीचको सम्बन्ध तनाबपूर्ण रहेको छ । युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुबै पक्षबीच परस्पर भिन्न मत रहेका छन् ।

बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार बाइडेनले भन्नुभयो, “म स्पष्ट छु । रूसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ । तर संयुक्त राज्य अमेरिका रूससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ ।” यसले उहाँले रूससँगको समस्या तथा सम्बन्धलाई कुटनीतिक रूपमा सम्बोधन गर्दै अघि बढ्ने वाइडेनको सोचलाई झल्काउँछ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ३ : २५ बजे