साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । किर्ते नागिरकता प्रकरणमा मुछिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो । 

पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ । 

उक्त प्रकरणमा पक्राउ परी हिरासतमापुगेका सिरोहिया भने ९ दिन पछि हिजो रिहा भएका छन् । सिरोहिया आफु विरामी परेको भन्दै हेलिकप्टर चढी काठमाडौंमा उपचारार्थ थिए । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : ३४ बजे