दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८.०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा बिहीबार  प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार  छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी हुनुहुन्थ्यो ।
सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गर्नुर्भको थियो  । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो ।

नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  २ : ५७ बजे