दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुर्खेतमा जीप दुर्घटना,चार जनाकाे मृत्यु

जुम्ला । सुर्खेतबाट कालिकोट आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ ।  सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको  रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बाेलेराे जीप बिहीबार बिहान ३:५५ बजे दुर्घटना घटना स्थलमै चार जनाकाे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जीप दुर्घटनामा परेर घटना स्थलमै चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवलदार तिलक सिंहले जानकारी दिनुभयो ।

चार जनाकाे घटना स्थलमै मृत्यु भएको छ । घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल लिइएको छ । प्रदेश प्रहरी कार्यालयको टोलीको घटना स्थलमा पुगेको छ । 

 जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रारम्भिक अनुमान छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ७ : ४५ बजे