दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले भेलाको फरक  तस्विर : तीन अतिथिबाहेक सबै सहभागी  महिला

काठमाडौं, । बुधवारदेखी  नेकपा (एमाले)ले सुरु गरेको राष्ट्रिय महिला भेला  अरु कार्यक्रमभन्दा फरक देखिन्थ्यो । सधैँ पुरुषको बाहुल्यता रहने कार्यक्रममा भन्दा यो कार्यक्रममा महिला सहभागिता ऐतिहासिक बन्न पुग्यो । 

हुन पनि हो हजारौँ हजार महिला सहभागिता कार्यक्रममा तीन जना पुरुष अतिथि हुनु विरलै देख्न पाइने दृश्य हो । 

उनीहरू आफूले अधिकार पाएको दिनलाई सम्झेर होला अनुहारमा बेग्लै भाव रहेको थियो । अधिकांश सारीमा सजिएर आएका महिलाहरू एक आपसमा आफूले संविधानमा पाएको  ३३ प्रतिशत आरक्षणको  अधिकारले नीति निर्माण तहमा पनि पुग्ने गरेकोमा खुसी भएका देखिन्थ्यो । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहित अनेरास्ववियुका अध्यक्ष समिक बडाल, युवा सङ्घका अध्यक्ष क्षितिज थेबे र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ बाहेक सबै महिला अतिथि रहनु भएको थियो ।  

माथिका दृश्य महिला अधिकारका विषयमा संसदमा सङ्कल्प प्रस्ताव गरेको ऐतिहासिक दिनका स्मरणमा एमालेले काठमाडौँमा आजदेखि सुरु गरेको राष्ट्रिय महिला भेलाको हो । उद्घाटन समारोहमा पनि अन्य अतिथिभन्दा महिला सङ्ख्या धेरै रहेको थियो ।

२०६३ साल जेठ १६ गते नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला सङ्घकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुन स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । 

संसद्को यही सङ्कल्पले २०७२ को संविधानमा महिला हकको विषयहरूलाई समेटेर धारा ३८ मा मौलिक हकको रूपमा राखेको छ । सोही सङ्कल्प प्रस्तावको कारणले समानुपातिक समावेशीको सिद्धान्तको आधारमा सङ्घ, प्रदेश र स्थानीय तह तथा हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सुनिश्चित गरेको छ । 

सोही दिनको अवसरमा गरिएका भेलामा सहभागी हुन आएका महिलाहरू नेतृहरूले एक आपसमा खुसी साटासाट रहेका देखिन्थ्यो । उनीहरूले सङ्कल्प प्रस्तावले हरेक क्षेत्रमा महिलालाई ३३  प्रतिशत सिट सुरक्षित गराएकोमा खुसी व्यक्त गरेका थिए । 

संविधानमा नै महिला हकको प्रत्याभूत गरेसँगै महिला सर्वोच्च पदमा पुग्न सफल हुनु भएका छ । देशको राष्ट्रपति विद्यादेवी भण्डारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तिमगर तीन÷तीन जना सम्मननीय  पदमा पुगिसक्नु भएको छ । 

यस्तै अहिले पनि उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल हुनु भएको छ । यस्तै संसदमा पनि महिलाको प्रतिनिधित्व ३३ प्रतिशत रहेको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला हुने अनिवार्य व्यवस्था समेत महिला हकले प्रत्याभूत गराएको छ । 

निर्धारित समयभन्दा झण्ड दुई घण्टा ढिलो भएका भेलामा बाहिर राखिएका जनवर्गिय सङ्गठनका ब्यानरमा फोटो खिचाइएको देखिन्थ्यो । बाहिर रहेका आआफ्नो ब्यानरमा जनसङ्गठनका नेतृहरूले सेल्फी खिच्नुका साथै आफ्ना अधिकारबारे कुराकानीमा व्यस्त रहेका थिए । 

कैलालीको अखिल नेपाल महिला सङ्घका नेतृ कमला केसीले महिला अधिकार स्थापित भएको दिनलाई पार्टीले नै आयोजना गरि महिलाको अधिकारलाई झ्नै स्थापित गराएको बताउनुभयो । “एमालेको कारणले महिलाहरूले ३३ प्रतिशत सिट सुरक्षित गरेका छन्” उहाँले भन्नुभयो, “यति मात्र अझै भएन । हरेक तहमा अव ५० प्रतिशत महिला सिट प्रणालीगत रूपमा हुनुपर्दछ ।”

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा ९एमाले० आबद्ध २३ वटै जनसङ्गठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधि खचाखच भरिएका थिए । हलभित्र सहभागी नअटाए बाहिर पनि त्यतिकै सङ्ख्यामा सहभागीको उपस्थित रहेको थियो । हलभित्र नअटाएका महिला नेतृहरू बाहिर राखिएको स्क्रिनमा दृश्य हेरिरहेका थिए । 

यस्तै भेला स्थल भित्र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ स्वास्थ्य उपचार गरिरहेका थिए ।सहभागीहरूले उच्च रक्तचाप, मधुमेह र अन्य रोगको परीक्षण गरिरहेका देखिन्थ्यो । भोलि महासङ्घले महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने महासङ्घका अध्यक्ष डा। झलक शर्मा  गौतमले जानकारी दिनुभयो । भेलामा १ सय ५० महिला स्वयंसेवक परिचालन कमिटीले स्वयंसेवी भूमिका निभाइरहेका देखिन्थ्यो । 

भेलाको प्रमुख अतिथिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा ९एमाले० का अध्यक्ष कमरेड केपी शर्मा ओली रहनुहुने थियो । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रम स्थल पूर्व राष्ट्रपति भण्डारी भन्दा केही समय अगाडि पुग्नु भएको थियो । उहाँहरू दुवै जना पुग्नुभन्दा पहिले संस्कृति कार्यक्रम सुरु भइसकेको थियो । पूर्व राष्ट्रपति भण्डारी पुगेपछि मात्र कार्यक्रम सुरु भएको थियो । 

भेलाको दोस्रो दिन भोलि १७ गते कार्की बैंक्वेट, बबरमहलमा १२ समूहमा विभाजित महिला समूहले कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिने छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : ०५ बजे