दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ठगहरू प्रवेश गरेका कारण ठुला सहकारी संकटग्रस्तः ओली 

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रद्वारा  बुधवार आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो – अहिले सहकारीमा गैरसहकारीवालाहरु, यसलाई  माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती सङ्कटग्रस्त छन्। तर, साँचैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन् । छैनन्। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’ उहाँले भन्नुभयो । 

ओलीले महिलाले सबै क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाए पनि सुखी हुन नसकेको बताउनु भयो  । 

‘महिलाले  ३३ प्रतिशत   सहभागिता प्राप्त गर्दा  हामी खुसी छौ । तर सन्तुष्टि बनाउन सकेको छैन । त्यसबाट हामी सुखी हुन सकेको छैनौ । ’ उहाँले भन्नुभयो। 

‘कति सङ्घर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे! कहाँ छ उस्ता उस्तै छ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ,’  ओलीले प्रश्न गर्नुभयो । 

एमाले जुन सबल अवस्था पुगेको छ । यसमा दिदीबहिनीको र नयाँ युवापिढीको असाधारण भूमिका रहेको ओलीले बताउनुभयो । 

‘कोही नभएको वेला दिदी बहिनी  र युवा विद्याथीहरु झन्डा बोकेर माइतीघर पुगेका छन्  ।  अहिले पनि हामीले केही परिवर्तन गरेपनि  अरु केही बदल्न बाँकी छ ’ ओलीले भन्नुभयो  । 

 अर्को एक सन्दर्भमा ओलीले राष्ट्रिय शक्तिलाई धेरेले कच्याककुचुक पार्ने खोजेको  तर यसलाई कसैले पनि त्यस्तो गर्न नसकेको बताउनुभयो ।  उहाँले महिलालाई   निर्णायक तहमा विकास गरेर राष्ट्रिय शक्ति बनाउने घोषणा गर्नुभयो  ।

अर्को एक सन्दर्भमा सहकारीमा ठगेर खानेहरूले त्यसलाई  सङ्कटग्रस्त बनाएको आरोप लगाउनुभयो । उहाँले महिलाको यो भेलाबाट केही न केही केही नयाँ चिज प्राप्त गर्ने बताउनुभयो  । 

महिला आन्दोलनभित्र विकृत पस्न  दिनु नहुने उहाँले बताउनुभयो  । अहिलेसम्म आन्दोलन एमालेको नेतृत्वमा भएको छ , सामाजिक न्याय र अग्र भागमा एमाले उभिने छ 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : २३ बजे