‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ ७ गते सुनको  मूल्य  हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको  मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १२ : ५३ बजे