दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिरोहियाको एयर लिफ्टिङ ‘रेस्क्यु’पछि  प्रश्न उठ्यो मुटु बिरामीको  

काठमाडौं।   नागरिकता विवादमा परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मङ्गलवार  एयर लिफ्टिङ मार्फत जनकपुरको काव्य अस्पतालबाट काठमाडौ ल्याइएको छ। मुटु रोगले च्यापेको भन्दै काठमाडौ ल्याइएको प्रहरीको दाबी छ। सिरोहियालाई  जनकपुरको काव्य अस्पतालबाट सिधै मेडिसिटी 
अस्पतालमा लागिएको थियो । 

तर सामाजिक संञ्जालमा   सिरोहिया हेलिकप्टर चढेको फोटो पोस्ट गर्दै यस बिषयमा तिखो आलोचना भएको छ। 

नेपालमा बिरामीहरूलाई एम्बुलेन्स र सवारी साधन उपलब्ध नभएको  अवस्थाको पनि चित्रण गरिएको छ। 

सामाजिक सञ्जालमा भीम आचार्यले बिरामी गम्भीर बिरामी भएर डोकोमा बोकेर उपचारका लागि लाँदै गरेको तस्बिर एकातिर र सिरोहिया हेलिकोप्टर चढेर उपचारका लागि काठमाडौ आउँदै गरेको तस्बिरको तुलना गर्दै  पोस्ट गर्नुभएको छ। 

यो हेरेपछि धेरैले टिप्पणी गरेका छन्– मुटु  बिरामीको परिभाषा हैसियत अनुसार हुन्छ कि के हो?  

यसै प्रसङ्गमा  रमेश  खतिवडाले लेख्नु भएको छ – मुटुको बिरामीलाई उपचार गर्न अझ ठुलो अस्पतालमा हेलिकप्टरबाट लैजानु पर्ने स्थिति आउँदा सँगै मेडिकल टिम पनि  पनि छैन, अक्सिजन ट्याङ्क पनि छैन, इमरजेन्सी औषधि दिने मेसिन पनि छैन । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ११ : ४२ बजे