सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : ५५ बजे