साफ यू–१७ च्याम्पियनसिप आजदेखि

खेलकुदका लागि ३ अर्ब ५० करोड बजेट,क्रिकेटका २ रंगशाला राष्ट्रिय गौरवमा सम्मेलित

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि  ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।  मंगलबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि मात्रै एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गर्नुभयो। उाहँले अगामी आर्थिक वर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिनुभयो।

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने ,गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उाँले बताउनुभयो । मन्त्री पुनले काठमाडौंको मुलपानी र बिराटनगरको गरिजाप्रसादरंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिनुभयो ।

उाहाँले १० औं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न रु ६० करोड बिनियोजन गरेको जानकारी दिनुभयो। मन्त्री  पुनले शिक्षकलाई खेलकुदको तालिम दिइ विद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताउनुभयो ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ४७ बजे