विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेट विनियोजन गरिएको घोषणा गर्नुभयो । 

उहाँले  श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गरिने बताउनुभयो ।   वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने भन्दै पुनले आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने बताउनुभयो । पुनले कम्तीमा १ लाख रिटर्नीलाई स्वरोजगार बनाउने घोषणा गर्नुभयो । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रदेशका १ हजार युवालाई स्वरोजगार बनाउन ४३ करोड बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो  ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ३८ बजे