काठमाडौँ । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको दोस्रो बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेदेखि बैठक बस्न लागेको हो ।
आजको बैठक बैशाख ६ गतेकै निरन्तरता हो । ६ गतेको बैठकले माधव नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना सांसदलाई र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सबै सांसदहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बुझिएको छ ।
प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ८ : २६ बजे
प्रतिक्रिया