दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा कानु नमन्त्री पदम गिरीसहित सदस्यहरू महेश बर्तौला, जीवन परियार, ज्ञानेन्द्र कार्की र शिशिर खनाल सहभागी हुनुहुन्छन् ।

समितिमा सहमति जुटाउने प्रयोजनका निम्ति सोमवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीसँगै सत्तारूढ एमाले र रास्वपाका नेताहरूबीच छलफल भएको थियो ।

प्रमुख दलहरुबीच समितिमा नेपाली काँग्रेस र एमालेबाट २–२ जना, माओवादी केन्द्र, राप्रपा र रास्वपाबाट एक–एक जना सदस्य रहने गरी ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेको दाबी गरिएको छ । संसदीय समितिको कार्यादेशमा पोखराको सूर्य दर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १२ : ५७ बजे