साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महिला ट्राफिकलाई महिनावारीमा ४ दिन बिदा,सट्टामा मापसे खटाइने

काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गर्नुभएको  छ  । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले  सो घोषणा गर्नुभएको हो  । उहाँले लेख्नुभएको छ –अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ 

महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गर्नुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ – मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ११ : ४२ बजे