दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

संसदीय छानविन समिति गठन गर्न सरकार र प्रतिपक्षबीच अनौपचारिक सहमति

काठमाडौं। संसदीय समिति गठनको माग गर्दै आइरहेको प्रमुख प्रतिपक्ष दल कांग्रेस र सरकारबीच अनौपचारिक सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार सोमबार राती भएको छलफलमा गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने करिब करिब सहमति जस्तै भएको बताइएको छ ।

आज बिहान बस्ने कार्यदलको बैठकबाट कार्यादेश सबै कुरा टुंगो लाग्ने र औपचारिक सहमति हुने भएको कानुनमन्त्री पदम गिरीले बताउनुभयो । उहाँले संसदको अवरोध पनि हट्ने आज बस्ने संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको बताउनुभयो ।

यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक रहेको बताउँदै आज बस्ने बैठकले अन्तिम रुप दिने बताउनुभयो ।

कांग्रेसले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको थियो । सत्तापक्षाले भने कुनै व्यक्ति वा पद लक्षित छानबिन समिति नबन्ने तर संस्थाको नाम राख्न सकिने बताएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : १६ बजे