दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कांग्रेसले सरकारलाई बजेट ल्याउन रोक्न मिल्दैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको भन्दै कांग्रेसले सरकारलाई बजेट ल्याउन रोक्न नमिल्ने बताउनु भएको छ।

उहाँले सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउन सहज वातावरण बनाउन सत्तापक्षले हरसम्भव प्रयास गरेको बताउनु भयो ।

कांग्रेस मुलुकको सबैभन्दा ठूलो र जिम्मेवार दल भएका हिसावले पनि बजेट ल्याउनका लागि सरकारलाई अवरोध गर्न नमिल्ने उहाँको भनाइ छ।

सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘भोलि जेठको १५ हो। हामीले संविधान बनायौं । यो संविधान बनाउँदा नेपाली कांग्रेस स्वयम् बसेर राजनीतिक पार्टीहरुले यो संविधान बनाएका हौँ । सरकारले पर्सि बजेट ल्याउन मिल्दैन, भोलि नै बजेट ल्याउनुपर्छ । त्यसकारण यो संवैधानिक बाध्यतालाई कांग्रेसले बुझिदिनु पर्छ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले संसद्‌मा सहज बातावरण बनाएर बजेट ल्याउने सरकारको प्रयासमा कांग्रेसले कुनै लचकता नदेखाएको आरोप लगाउनुभयो ।

‘सहमति र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ हामीले कार्यदलमा बसेर छलफल गरिरहेका छौँ । तर कांग्रेसका तर्फबाट त्यो इमान्दारिता देखिएन। कांग्रेस सहमतिका लागि तयार नै छैन,’ उहाँले भन्नुभयो, ‘सहमति बन्न लागेको परिस्थितिलाई बिगार्न कांग्रेसभित्रैबाट प्रयास हुन्छ। कांग्रेस एउटा मिल्दै नमिल्ने कुरालाई बटमलाइन बनाएर अगाडि बढेको छ। त्यहीकारण अहिलेसम्म सहमति बन्न सकेको छैन।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : ४४ बजे