दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेसका नेताहरू बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि उहाँहरू बालुवाटार पुग्नु भएको हो ।

उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्र कार्की र जीवन परियार बालुवाटार पुगेका हुन् ।

त्यसअघि काँग्रेस नेताहरूबीच सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल गरेका थिए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै काँग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : ४७ बजे