दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका

काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ । 

राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएकाे छ ।

राप्रपाले यस अघि सुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताउनुभयाे । साथै उहाँले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताउनुभयाे । 

साथै राप्रपाले सहकारी ठगी प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।

साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगी प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरेको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिनुभएकाे  छ ।

त्यस्तै राप्रपाले गिरीबन्धु टी-स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।

         

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : १७ बजे