दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शीर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । 

बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभएकाे हाे ।

आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरूसँग अलग अलग समेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताउनुभयाे । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुङ्गाउने बताएको परियारले बताएका छन् । उहाँले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उहाँले बताउनुभयाे ।

परियारले आजै काँग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताउनुभयाे ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने काँग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानु नमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी हुनुहुन्छ । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुभएकाे थियाे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : १४ बजे