एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

अपराधिक सोचका सांसद बैद्यलाई पक्राउ गरी जेल हाल

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम बैद्यले शुक्रबार बागमति प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्यागर्न कोही नाथुराम गोड्से बन्नुपर्ने  र नभएआफैं बन्न तयार रहेको बताएपछि उनलाई तुरुन्त पक्राउ गरेर जेल हाल्नुपर्ने माग बढेको छ । तर अहिलेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टी स्वमले कुनै औपचारिक धारणा सार्बजनिक गरेको छैन । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट हटाइएका माधव कुमार नेपालले पनि यस्तो गम्भीर आपराधिक सोच र बिचारमाथि कुनै धारणा सार्बजनिक गरेका छैनन् ।

बिडम्बना, प्रदेशसभामा रहेका एमालेकै सांसदले समेत आफ्नो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीबिरुद्ध सांसद बैद्यले रोष्ट्रममा उभिएर यस्तो बोल्दा नियमापत्ती समेत गरेनन् । सांसदमा के बोल्नुहुन्छ, के हुँदैन भन्ने सामान्यज्ञान समेत नहुनु र त्यस्तो बोल्दा बिरोधमा उत्रनुपर्छ भन्ने सोचसमेत नआउनुले सांसदहरुको स्तर पनि देखाउँछ । 

काठमाडौं क्षेत्र ४ बाट प्रदेशसभा जितेका बैद्यले बोलेको भिडियो फूटेज हेर्दा उनले आवेग र उत्तेजना वश यो बोलेका होइनन् । यो सोचीबिचारी बोलेका हुन् । अर्थात् प्रधानमन्त्री ओलीलाई सफाया नगरेसम्म कांग्रेसको राजनीति सफल हुन नसक्ने आंकलनसहित उनले बोलेका हुन् । होइनभने कांग्रेसले कारवाही गर्नुपर्छ । 

उनी कांग्रेसका सांसद हुन । त्यसैले कांग्रेसले उनको प्रधानमन्त्रीको हत्यागर्ने योजनाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ । कांग्रेस व्यक्ति हत्याको राजनीतिमा बिश्वास गर्छ भन्ने लाग्दैन ।  यदी त्यसो हो भने देउवा र रामचन्द्र पौडलहरुले तत्काल सांसद बैद्यलाई संसदको गरिमा बचाउन नसकेको र आपराधिक सोच भएका व्यक्ति भएको भन्दै सांसदबाट हटाउनुपर्छ । सांसद बैद्यलाई सरकारले तत्काल पक्राउ गरी कानुनी कारवाही अघि बढाउनुपर्छ । उनीमाथि ज्यानमार्ने उदेश्य राखेर दिएको भड्कावबादी अपराध, देशको कार्यकारी प्रमुखको हत्यामा उक्साउने सबै अपराधमा कारवाही गर्नुपर्छ ।

पहिलो, यस्तो हत्याहिंसा, अपराधिक सोचको व्यक्ति सांसदहुन योग्यहुँदैन । अव फेरी बागमति प्रदेशसभामा उनलाई प्रवेश दिनु भनेको अपराधलाई प्रोत्साहित गर्नु हो । त्यसैले यी सांसदलाई तत्काल निलम्वन गरी हटाउनुपर्छ । कांग्रेसले सांसद पदबाट बर्खास्त गर्नुपर्छ । कांग्रेसले गर्दैन भने राज्यले तत्काल गिरफ्तार गरी कानुनी बाटोमा जानुपर्छ ।

नाथुराम गोड्सले महात्मा गान्धीको गोली हानी हत्या गरेका हुन् । गान्धी हिन्दुमुस्लिम सबै मिलेर बस्नुपर्छ र सबैबिच साम्प्रदायिक सद्भाव कायम गर्नुपर्छ भन्ने पक्षमा थिए । प्रधानमन्त्री ओलीले नेपालका बिभिन्न समुहबिच साम्प्रदायिक सद्भाव कायमगर्न र राष्ट्रिय एकता कायम गर्न खेलेको योगदान सबै सार्वजनिक छन् ।

बिचार, सिद्धान्त र कामबाट परास्तगर्न नसकेपछि मान्छे मारेर राजनीति अनुकूल बनाउनुपर्छ भन्ने सोच कांग्रेसका सासदमा आउनुलाई एउटा व्यक्तिका आवेग र उत्तेजनासँग मात्र जोडेर हेर्नुहुँदेन । उक्त भिडियोमा उनले देउवा, दाहाल र माधव नेपालको समेत प्रसंग उठाएकाछन् । ओलीबिरुद्ध मोर्चाबन्दी गरिरहेका यी नेताहरुले भने अहिलेसम्म प्रधानमन्त्रीको हत्यागर्ने अभिव्यक्ति आउँदापनि बोलेका छैनन् । यसलाई कसरी बुझ्ने ?

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : ३१ बजे