साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

काठमाडौं। जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् । 

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। 

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो। उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्ने छ। 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : १३ बजे