दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काँग्रेसलाई विष्णु पौडेलको आग्रह- नारा लगाउनुभन्दा ताली बजाएर समर्थन गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई वेल घेरेर नारा लगाउनु भन्दा ताली बजाएर सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएर समर्थन गर्न सुझाव दिनु भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘यो नीति तथा कार्यक्रम यति राम्रो र महत्वपूर्ण छ कि प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ ।’

उहाँले नीति तथा कार्यक्रमले मूलुकका आर्थिक सामाजिक समग्र क्षेत्रको समस्यालाई चिन्नकासाथै समस्याको सही र समायोचित दृष्टिकोण अघि सारेको स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रमल १६ औं योजनालाई अनुशरण र दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘यो नीति तथा कार्यक्रमले मुलुकका आर्थिक सामाजिक समग्र क्षेत्रको समस्यालाई चिनेको छ । समस्याको सहि र समयोचित दृष्टिकोण अघि सारेको छ । त्यसकारण यो समर्थन योग्य छ । यस नीति तथा कार्यक्रमले १६ औं योजनालाई अनुशरण गरेको छ । दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  २ : १२ बजे