दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कांग्रेसको अडान कायमै, जुटेन सहमति, अवरोध खुल्नेमा आशङ्का

काठमाडौँ । सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन । 

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवालाई उहाँको निवास बुढानीलकण्ठ पुगेर छलफल गर्नुभएकाे  थियाे ।

भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गर्नुभएकाे थियाे ।  सभापति देउवा अस्वस्थ बनेपछि प्रधानमन्त्री उहाँको निवासमै पुगेर छलफल गर्नुभएकाे हाे  । 

तर सभापति देउवाले असहमति जनाएको काँग्रेस सहमहामन्त्री जीवन परियारले बताउनुभयाे । परियारले सत्तारुढ दलका नेताहरूले चलाखीपूर्ण कुरा गरिरहेको बताउँदै उहाँहरूले कम्पनी जबाफदेही हुने तर व्यक्ति हुने किसिमको कुरा गरिरहेको, जुन आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयाे । 

त्यसपछि बसेको काँग्रेस शीर्ष नेताको छलफलले आफ्नो अडान नछाड्ने निर्णय गरेको गरेको हो ।

कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा काँग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ५९ बजे