दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोना कहरमा निः स्वार्थ सेवा गर्न आग्रह

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताउनु भएको छ ।

हिजो भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीसंग भर्चुअल कार्यक्रम उहाँले महामारीको समयमा निः स्वार्थ भावले  सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । 

नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको चर्चा गर्दै उहाँले नगरपालिकाको आह्वानकै भरमा पौने ६ करोड रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको पुष्टि हुने भनाइ राख्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान गर्नु पर्ने भन्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हटेमा समाजलाई जोगाउन मुश्किल पर्ने बताउनुभयो । नपाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न सानो बालक, युवादेखि ज्येष्ठ नागरिकहरूसम्मको सक्रिय सहभागिताले अक्सिजन प्लान्ट जडान कार्य शुरु भइसकेको बताउनुभयो । 

    कार्यक्रममा भक्तपुर नपाका शाखा अधिकृत गौतमप्रसाद लासिवा, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले कोभिड महामारीमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले प्रदान गर्दै आएको सेवाबारे चर्चा गर्नुभयो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ३१ बजे