दलित गाउँका पहिलो शिक्षक

अवरोध कायम रहेपनि नीति कार्यक्रम पास हुने, बजेट अध्यादेशबाट आउने 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार  बस्दै छ । काँग्रेसको अवरोधले निरन्तर बिथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१। ८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आइतबार  नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुङ्गिन सकेको छैन । शुक्रवार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, काँग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको थियो ।

यस सम्बन्धमा छलफल गर्न प्रमुख प्रतिपक्ष सहित सत्ता पक्षका शीर्ष नेताहरुबीच केही  बेरमा छलफल  हुने कार्यक्रम रहेको छ। छलफलमा सहमति नभए काँग्रेसले संसद्को अवरोध काय राख्ने छ ।  सरकारकारले भने त्यो भएको खण्डमा अवरोधकाबीचबाटै सरकारको नीति कार्यक्रम पारित गर्ने तयारी गरेको बालुवाटार स्रोतले बतायो। त्यसो भएको खण्डमा सरकारले  संसद्को अन्त्य गरी  अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको छ। 

हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : १० बजे