दलित गाउँका पहिलो शिक्षक

कार्यदलको बैठक सकियो, शीर्ष नेताहरुबीच छलफल हुने

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठक सकिएको छ ।

शनिबार सिंहदरबारस्थित कानून मन्त्रालयमा सम्पन्न बैठक सहमति नजिक पुगेपनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानूनमन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

उहाँले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनीको नामसमेत उल्लेख गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताउनुभयो ।

अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताउनुभयो ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ०७ बजे