साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सडक डिभिजनको गेटमा महानगरले खन्यायो एक ट्रक धुलो

काठमाडौं । काठमाडौं महानगरपालिकाले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालयको गेट अगाडि एक ट्रक धुलो खन्याएको छ ।

कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै विरोधस्वरूप एक ट्रक धुलो खन्याएको महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठप्रति आक्रोश व्यक्त गर्दै काम अघि नबढेसम्म मन्त्री महासेठलाई पायक पर्ने स्थानमा एक ट्रक धुलो उपहार पठाउने उल्लेख गर्नुभएको छ ।

​​​​​​​

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ६ : ५४ बजे